Logo

माधव नेपालले ओलीसँग भेट्न मानेनन्, बैठकमा गरे ओलीले यस्तो गुनासो



काठमाडौं, १८ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज भेटवार्ता हुने बताईएपनि दुई नेताबीच आज भेटवार्ता नहुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले आफूले नेता नेपाललाई आज भेटौं भनेर हिजै फोन गरेको भएपनि नेता नेपालले नमानेको खुलासा गरेका हुन् ।

यी दुई नेताबीच हिजो राति अवेर टेलिफोनमा सम्वाद भएको थियो । नेपालनिकट नेता सोमप्रसाद पाण्डेले दुई नेताबीच फोनवार्ता भएको र आजै भेट्ने तयारी रहेको कुरा हिजै राति खुलासा गरेका थिए । आजको बैठकमा ओलीले आफू र नेता नेपालबीच हिजो २५ मिनेट कुराकानी भएको जानकारी दिए । उनले आफूले भेटौं भनेर प्रस्ताव राख्दा नेता नेपालले ‘फोनमा त कुरा गर्न मन छैन, तर साथीभाईहरुको दबाबले कुरा गरेको हुँ’ भन्ने जवाफ दिएको पनि सुनाएका थिए । \

आजको बैठकमा ओलीले नेता नेपालसहित २३ जना सांसदलाई शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका छन् । तर, नेपाल पक्षले भने कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने स्पष्ट पारिसकेको छ । file photo



प्रतिक्रिया दिनुहोस्