कास्की, १८ असार । गाँजासहित २ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका ११ तुल्सी मार्गबाट करिब ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा रामेछाप रामपुर घर भई हाल पोखरा महानगरपालिका ५ जिरो किमी बस्ने ३३ वर्षीय चन्द्र बहादुर तामाङ र पोखरा महानगरपालिका ११ रामघाट बस्ने २९ वर्षीय बिकास नेपाली रहेका छन् ।
ग.५ प ५०३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उक्त लागूऔषध बरामद गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।