Logo

कोरोना संक्रमण निको हुनेभन्दा संक्रमितको संख्या बढी



काठमाडौं, असार २३ । नेपालमा लगातार दोस्रो दिन कोरोना संक्रमण निको हुनेको संख्याभन्दा नयाँ संक्रमितको संख्या बढी देखिएको छ ।

लामो समय निको हुनेको संख्या बढी हुँदै आएकोमा सोमबारबाट भने नयाँ संक्रमितको संख्याले निको हुनेको संख्यालाई उछिन्न थालेको हो ।

मंगलबार २६३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि हुँदा १५ सय ६५ जना संक्रमणमुक्त बनेका छन् ।

१२ हजार ५८५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७१८ जना तथा एन्टिनजेन विधिबाट ९१६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४९९ र एन्टिजेन विधिबाट ४ हजार २८ जनाको परीक्षण गर्दा २६२२ जनामा संक्रमण पुष्टि भएको थियो । यही अविधमा थप २२११ जनामा कोरोना संक्रमणमुक्त भएका थिए ।

यही अवधिमा थप १५ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्