Logo

जेनी कुँवरको सुसाइड नोटः…. त्यसैले आत्महत्या गरेँ



काठमाडौं, २५ असार । अभिनेत्री जेनी कुँवरले आत्महत्या गरेको लगभग पुष्टि भएको छ । उनले बिहिबार साँझ थापागाउँस्थित सनराइट सिटी अर्पाटमेन्टको फ्ल्याटमा सुसाइड नोट लेखेर आत्महत्या गरेकी हुन् ।

डिप्रेशनको शिकार भएकी उनले सुसाइड नोटमा कारण समेत खुलाएकी छिन् । आफ्नो दिमागी हालत ठिक नभएकोले आत्महत्या गरेको लेखेकी छिन् । आफूलाई पतिसहित परिवारले माया गर्ने समेत लेखेकी छिन् ।

जेनीले लेखेकी छिन्,‘मेरो दिमागी हालत ठिक नभएर मैंले सुसाइड गरेको हो । मलाई श्रीमान र छोरीहरुले धेरै माया गर्छन् । यसमा कसैको दोष छैन । बिरामी ठिक होला भनेको झन् झन् गाह्रो हुँदै गयो, झनझन गाल्दै लग्यो । त्यसैले आत्महत्या गरेँ ।’

जेनी अर्पाटमेन्टरमा पतिसँग बस्दै आएकी थिइन् । उनी पछिल्लो समय पशुपतिनाथमा बढी भेटिन्थिन् । मानसिक रोगी बनेकी जेनीले चलचित्र क्षेत्रमा निर्माता र अभिनेत्रीका रुपमा काम गरेर योगदान दिएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्