काठमाडौं, २७ असार । नेकपा (एमाले) का उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले सर्वोच्च अदालतको फैसला आएपछि मात्रै पार्टी एकताबद्ध हुने दाबी गरेका छन् । आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘आज ८ बजे खुशीको खबर आउँछ भनिएको थियो, तर अहिलेसम्म आएको छैन । मैले पहिले नै भनेको थिएँ कि खुशीको खबर सर्वोच्चको फैसला आएपछि मात्रै आउँछ । मेरो अहिले पनि दृढता छ कि सर्वोच्चको निर्णयपछि पार्टी एकीकृत हुने छ ।’
उनले आफू अहिलेपनि कुनै पनि समूहमा नरहेको स्पष्ट पारे । हालै बसेको एमाले केन्द्रीय कमिटीमा भाग लिएको विषयमा स्पष्ट पार्दै उनले भने,‘म एमाले भएकोले बैठकमा गएको हुँ । कुनै समूहमा म छैन् ।’ File Photo/ReportersNepal