काठमाडौं, २८ असार । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २४ गते देखि बिक्रि खुल्ला गरेको ६४ करोड बराबरको आइपीओमा आवदेन दिने (सोमबार) आज अन्तिम दिन हो । कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ बिक्रि गर्ने लागेको हो ।
कम्पनीले नेपाल धितो पत्र बोर्डमा निवेदन दिएको केही दिनमा नै आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो । कुल कित्ता मध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामुहिक लगानीकोषका लागि छुट्टाएको छ भने ५८ लाख ५ हजार कित्ता सार्वजनिक निष्काशन गर्न लागेको हो । कम्पनीले हाल चुक्तापुँजीको ३० प्रतिशत शेयर बिक्रि गर्न लागेको हो ।