काठमाडौं, २८ असार । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद् पूनःस्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि सर्वोच्च अदालतले जारी गरेको परमादेशको स्वागत गरेका छन् ।
भट्टराईले भनेका छन्–‘खड्गप्रसाद एण्ड कम्पनीको असंवैधानिक/प्रतिगमनकारी हर्कतलाई सर्वोच्च अदालतले पुन: एकपटक रोकेकोमा अदालतलाई र यस अभियानमा संलग्न सबैलाई हार्दिक वधाइ/धन्यवाद! अब कुनै किन्तुपरन्तु गर्ने ठाउॅ छैन।संविधानलाई ट्र्याकमा ल्याएर प्रतिनिधिसभाबाट स्थीर सरकार दिऊॅ; प्रतिगमनकारीलाई दण्डित गरौं!”