काठमाडौं, २८ असार । सर्वोच्च अदालतको प्रतिनिधि सभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने आदेश राष्ट्रपति कार्यालय शितलनिवासमा दर्ता भएको छ । सर्वोच्च अदालतबाट उपसचिव गोपाल थापाले आदेश दर्ता गराएका हुन् ।
आदेश दर्ता भएसँगै राष्ट्रपतिले शेरबहादुर देउवालाई भोलिभित्र प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ । अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीले समेत पटक पटक संविधान उल्लंघन गरेको भन्दै आदेश जारी गरेको छ ।