Logo

विपक्षी गठबन्धनको बैठक सम्पन्न, भोलि नै सानो आकारको मन्त्रिमण्डल बनाईने



काठमाडौं, २८ असार । विपक्षी गठबन्धनको बैठक सम्पन्न भएको छ । कोटेश्वरस्थित् माधव कुमार नेपालको निवासमा बसेको बैठकले अदालतको फैसलाको स्वागत गरेको छ । र, अदालतको आदेश अनुसार भोलि नै शेरबहादुर देउवाले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने पनि निर्णय गरेको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले सबैलाई समेटेर सरकार बनाउनेबारे छलफल भएको जनाए ।

बैठकमा माधव नेपालले आफ्नो पार्टीको परिवर्तित राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेका थिए । र, यो परिवर्तित अवस्थालाई बुझिदिन नेता नेपालले आग्रह गरेको रघुजी पन्तले जानकारी दिए । र, अब बन्ने शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सबैलाई समेटेर अघि बढ्न पनि नेता नेपालले आग्रह गरेको उनले सुनाए । नेता नेपालले आफूले लोकतन्त्र, संविधान, गणतन्त्र, संघीयताको पक्षमा दृढ भएर उभिने प्रतिबद्धता जनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्