काठमाडौं, २९ असार । प्रधानमन्त्रीमा नियुक्त कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई नियुक्त गरेको विज्ञप्तीमा राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरेको भनेर असन्तुष्टि पोखेका छन् ।
सपथ खानको लागि शितलनिवास आईपुगेका देउवाले यसबारेमा आवश्यक परामर्श गर्न कानूनमन्त्री बन्न लागेका ज्ञानेन्द्र बहादुर कार्की र सचेतक पुष्पा भुषाललाई आग्रह गरेका छन् । र, अहिले कार्की र भुषाल प्रधानमन्त्रीमा नियुक्त गरेको विज्ञप्ती सच्याएर संविधानको धारा ७६ को ५ अनुसार लेख्नको लागि राष्ट्रपति कार्यालयका अधिकारीसँग छलफलमा छन् ।