काठमाडौं, असार ३१। साउन एक गतेदेखि लामो दूरीका सार्वजनिक यातायात चलाउनेबारे आज निर्णय हुने भएको छ । जोरबिजोर प्रणालीको आधारमा शुक्रबारदेखि यातायात सञ्चालनमा ल्याउन आज बस्ने उपत्यकाका प्रजिअहरुको बैठकले निर्णय गर्नेछ ।
आजको बैठकमा कोरोनाको पछिल्लो अवस्था बारे पनि समीक्षा हुनेछ । यसअघि नै काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाइएको छ भने बाहिरबाट आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातलाई पनि पासको व्यवस्था गरी उपत्यका भित्रन दिइएको छ ।
यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि असार ३१ गते राति १२ पछि सकिँदैछ । हाल उपत्यकामा राती सात बजेसम्म मात्रै सार्वजनिक सवारी सञ्चालनको अनुमती रहेको छ ।