Logo

वलीलाई साधारण तारेखमा छाड्न सर्वोच्चको आदेश



काठमाडौं, साउन १। सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा नेता हेमन्तप्रकाश वलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले साधारण तारेखमा छाड्न आदेश दिएको हो । सर्वोच्चले निवेदक वलीको हकमा पछि मुद्दाको प्रमाण बुझ्दै जाँदा ठहर भएबमोजिम हुनेगरी प्रस्तुत मुुद्दामा हाल पुुर्पक्षका लागि साधारण तारेखमा राख्न आदेश दिएको हो ।

हातहतियार तथा खरखजाना मुद्दामा पक्राउ परेका वलीलाई ललितपुर जिल्ला अदालतले १० जेठ २०७६ मा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उनी सोविरुद्ध उच्च अदालत पाटन पुगेका थिए । वलीको निवेदनमा उच्च अदालतले १६ जेठ २०७६ मा जिल्ला अदालतकै आदेश सदर गरिदिएको थियो ।

उच्च अदालतको आदेशपछि नख्खुु जेलमा रहेको वलीको स्वास्थ्य अवस्था बिग्रिई मुटुको उपचार चलिरहेकाले थुनछेकको आदेश बदर गर्न माग गर्दै उनी सर्वोच्च अदालत पुगेका थिए । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उनको उपचार चलिरहेको रहेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्