काठमाडौं, १ साउन । नेकपा (एमाले) को स्थायी कमिटी बैठक जारी छ । ललितपुरस्थित् च्यासलमा जारी बैठकमा माधव नेपाल पक्ष भने सहभागी भएको छैन् । पार्टी विवाद मिलाउनको लागि गठित कार्यदलले यसअघि दश बुँदे सहमति गरेको छ । दुवै तर्फका सदस्यहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेरै दश बुँदे सहमतिपत्र बुझाएका छन् । तर, अहिलेसम्म यसबारेमा दुवै नेताले आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।
नेता नेपाल पक्षको उपस्थित् बिना नै एमाले स्थायी कमिटी बैठक सुरु भएको हो । उक्त बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राखेका छन् । उनले न्याय पाउने ठाउँबाट नै अन्याय भएको आफ्नो भनाई राखेका थिए । पार्टीको बैठक रोक्न माग गर्दै नेता नेपाल पक्षधर नेताहरु भीम रावल र सुरेन्द्र पाण्डे अहिले बैठकस्थल् च्यासल पुेका छन् । बैठक हलमा छिर्ने क्रममा पत्रकाहरुले बैठकमा सहभागी हुन आउनुभएको हो भनेर सोधेको प्रश्नमा रावलले आफूहरु बैठकमा सहभागी हुनको लागि नभई बैठक स्थगनको लागि आग्रह गर्न आईपुगेको जवाफ दिएका थिए । तस्विर : सञ्जिब बगाले, ट्विटर