Logo

यी हुन् मतदानमा अनुपस्थित एमाले सांसद



काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिंदा नेकपा एमालेका १८ सांसद अनुपस्थित भए । उनीहरु मध्ये कतिपय मतदानको समयमा प्रतिनिधि सभा बैठक छाडेर निस्किएका हुन् ।

मतदान बहिष्कार गर्नेहरुमा अधिकांश एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु छन् । उनीहरुले पार्टीको दुवै पक्षको उच्च नेतृत्वलाई दबाब दिने भन्दै मतदानमा अनुपस्थित जनाएका हुन् ।

एमालेको माधव नेपाल पक्षका नेता पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्योपचारका क्रममा नयाँ दिल्लीमा रहेकाले अनुपस्थित रहे । माधव नेपाल पक्षमा पुगेका बामदेव गौतमकी पत्नी सांसद तुलसा थापा जापानमा भएकाले अनुपस्थित भइन् । उनी टोकियो ओलम्पिकमा पदाधिकारीका रुपमा पुगेकी हुन् ।

यसैगरी एमालेका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, दिपकप्रकाश भट्ट, झपट रावललगायत सांसदहरु पनि मतदानमा अनुपस्थित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्