काठमाडौं, ५ साउन । जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्षधरको संसदीय दलको बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित् पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकले संसदीय दलको विधानलाई सर्वसम्मतिले पारित गरेको छ ।
त्यस्तै, दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाउने जनाईएको छ । बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डॉ बाबुराम भट्टराई पक्षका करीब दुई दर्जन सांसदहरुको उपस्थिति रहेको जनाईएको छ ।