Logo

राजकिशोर यादवले गरे उपेन्द्र यादव पक्षमा हस्ताक्षर



काठमाडौं, ११ साउन । जसपाको आधिकारिकताको लागि निर्वाचन आयोगले आज अन्तिम निर्णय गर्दैछ । यसको लागि आयोगले जसपाका दुवै पक्षलाई सनाखतको लागि बोलाएको छ । जसपामा यादव पक्षमा बहुमत रहेको दाबी गरिएको छ ।

कार्यकारिणी समितिमा यादव पक्षमा ३५ जना पुगेको बताईएको छ । संसदीय दलमा पनि यादव पक्षकै बहुमत रहेको छ । राजकिशोर यादवले पनि उपेन्द्र यादव पक्षमै सनाखत गरेका छन् । यसअघि मनिष सुमनले पनि ठाकुरको साथ छोडेर यादवको पक्षमा हस्ताक्षर गरेका थिए ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्