Logo

क्रियाशिल सदस्यता विवाद हल गर्न देउवा, पौडेल र सिटौला निर्णायक छलफलमा



काठमाडौं, १५ साउन । पार्टीको क्रियाशील सदस्यताबारे विवाद हल गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला आन्तरिछ छलफलमा बसेका छन् । उनीहरुबीच छलफल जारी छ ।

क्रियाशिल विवाद समाधान गर्नको लागि पदाधिकारीले शीर्ष नेतालाई जिम्मा दिएका थिए । सोहीअनुसार उनीहरुले पाँच दिनको समय लिएका छन् । यसअघि रमेश लेखक नेतृत्वको समितिले क्रियाशिल सदस्यता टुँगो लगाएर प्रतिवेदन बुझाएको थियो । तर, समितिकै सदस्य कल्याण गुरुङले भने उक्त प्रतिवेदनमा आफ्नो फरक मत राखेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्