Logo

‘सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउँछाैँ’ : निधि



काठमाडौं, १६ साउन । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन दाबी गरेका छन् ।

आज (शनिबार) काठमाडौँको त्रिपुरेश्वरमा स्थापना गरिएको ‘नवरत्न आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टर’को उद्घाटन गर्दै उनले जहाँबाट ल्याएर भएपनि आम जनतालाई कोरोना खोपको व्यवस्था गर्न सरकार प्रतिवद्ध भएर लागि परेको बताएका हुन् ।

उनले भने, ‘खोपलाई सरकारले सबैैभन्दा बढी प्राथमिकता दिएको छ। अहिले खोपको व्यवस्थापनमा सरकारले सम्पूर्ण शक्ति लगाएको छ। सरकारले जहाँबाट ल्याएर भएपनि नेपाली जनतालाई खोप उपलब्ध गराउँछौं भनिरहेको छ ।’ उपसभापति निधिले कोरोनाको तेस्रो लहर आउन नदिन पनि सरकार आवश्यक तयारीमा लागि परेको बताए।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्