काठमाडौं, २२ साउन । लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वलीले आज पत्रकार सम्मेलन गर्दैछिन् । यसअघि उनी माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेको विज्ञप्ती आएको थियो । तर, हिजोमात्रे उनी पूनः माओवादी केन्द्रको सम्पर्कमा पुगेको र माओवादी केन्द्रमै सक्रिय हुने बताएकी थिईन् ।
उनी गत निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट निर्वाचित भएकी थिइन्। माओवादी केन्द्रका लुम्बिनी प्रदेशका नेताहरुले भने वलीलाई मुख्यमन्त्री कार्यालयमा अपहरणको शैलीमा राखिएको प्रतिक्रिया दिईरहेका छन् । वलीले भने आज पत्रकार सम्मेलन गरेर सबै कुराको विस्तृत जानकारी दिने भएकी हुन् ।
File Photo/ReportersNepal