Logo

बुबा आमाको स्मृतिमा खुसु पाण्डे फाउण्डेसनको स्थापना, रेडक्रसलाई एम्बुलेन्स प्रदान



काठमाडौं, साउन २३। प्रजातन्त्र सेनानी स्व खुसीलाल पाण्डे र उनकी ज्येष्ठ श्रीमत स्व सुमित्रा पाण्डेको स्मृतिमा खुसु पाण्डे फाउण्डेसनको शुक्रबार उदघाटन गरिएको छ ।

खुसिलाल पाण्डे जहानिया राणा शासन देखि २०६२/६३ को दोस्रो जनआन्दोलन सम्म भएका हरेक प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भुमिका निर्बाह गरेका नेता हुन । २०१८ सालमा पन्चायती ब्यवस्थाको विरुद्धमा हतियार उठाउदा जायजेथा हरण गरि पाण्डेको टाउकोको मूल्य समेत तोकिएको थियो ।

खुसीलाल पाण्डे र सुमित्रा पाण्डेकि छोरी एवं काङ्ग्रेस नेतृ विष्णुदेवी पाण्डेले उनीहरुको स्मृतिमा फाउण्डेसनको स्थापना गरेकि हुन । शुक्रबार कावासोतीमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले फाउण्डेसनको उदघाटन गरेका हुन ।

फाउण्डेसनको उदघाटन समारोहमा खुसीलाल पाण्डे र सुमित्रा पाण्डेकि छोरी एवं काङ्ग्रेस नेतृ विष्णुदेवी पाण्डेले आफ्नो व्यक्तिगत खर्चमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपुरलाई एम्बुलेन्स समेत हस्तान्तरण गरेकी थिईन ।

कार्यक्रममा महामन्त्री कोइरालाले एम्बुलेन्सको साँचो नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपुरका सभापति मदनभक्त अधिकारीलाई हस्तान्तरण गरेका छन्।



प्रतिक्रिया दिनुहोस्