काठमाडौं, २४ साउन । एनआईसी एशिया क्यापिटल लिमिटेडले पाँचौ वार्षिक साधारण सभा भाद्र १३ गते बोलाएको छ । कम्पनीको साउन २२ गते सम्पन्न संचालक समितिको ९४ औं बैंठकको निर्णयानुसार आर्थिक वर्ष सकिएको २२ दिनमै ७७÷७८ को लाभांश घोषणा गर्न सभा बोलाएको जनाइएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान ९ बजे हुने भएको हो ।
कम्पनीको सभाले आर्थिक वर्ष २०७७÷०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, चुक्ता पूँजीको ४८ प्रतिशत (कर सहित) का दरले हुन आउने ९ करोड ६० लाख नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरु माथि छलफल गरि पारित गर्ने जनाएको छ ।