बर्दिया, २५ साउन । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका १० कोठियाघाटस्थित क्रसर उद्योगमा काम गर्ने मधुबन नगरपालिका २ बङगालीपुर घर भएका १९ वर्षीय बिण्णु थारुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार राति थारुले राजापुर नगरपालिका १० झुण्डिपुरस्थित गजुरमुखी क्रसर उद्योगमा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।