Logo

नेप्सेमा आज भारी अंकको बृद्धि, १७ अर्ब ८६ करोडको कारोबार



काठमाडौं, २६ साउन । शेयर बजार आज भारी अंकले बृद्धि भएको छ । साताको कारोबारको तेस्रो दिन आज ५१ दशमलव ८६ अंकले बढेर ३१ सय ६१ दशमलव ४४ उच्च विन्दुमा कायम भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १२ अंकले बढेर ५८७ दशमलव ९५ विन्दुमा पुगेको छ ।

नेप्सेको अनुसार आज २२५ कम्पनीको १ लाख ६३ हजार ९ सय ६९ पटक कारोबार भएर १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७९ रुपैयाँ बराबरको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता शेयर किनबेच भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्