काठमाडौं, २६ साउन । आज २२५ कम्पनीको १ लाख ६३ हजार ९ सय ६९ पटक कारोबार भएर १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७९ रुपैयाँ बराबरको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता शेयर किनबेच भएको छ ।
आज सेन्ट्रल फाइनान्स लिमिटेड सहित ११ कम्पनीको शेयरमुल्यष् १० प्रतिशतले बढेको छ । नेप्सेको अनुसार आज वेष्ट फाइनान्सको ५२ रुपैयाँले प्रतिकित्ता शेयरमुल्य बढेको छ । त्यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको , सेन्ट्रल फाइनान्सको ५८ रुपैयाँले प्रतिकित्ता शेयरमुल्य बढेको छ ।
गुहेश्वरी मर्चेन्ट बैंकिङको ५९ रुपैयाँले प्रतिकित्ता शेयरमुल्य बढेको छ । आइसीएफसी फाइनान्सको ७३ रुपैयाँले प्रतिकित्ता शेयरमुल्य बढेको छ । प्रोग्रेसिभ फाइनान्स, महालक्ष्मी विकास बैंक, जीवन विकास लघुवित्त, कामना सेवा विकास बैंक, सिन्धु विकास बैंक र ज्योति विकास बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।