काठमाडौं, २६ साउन । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा गरेको स्म्बोधनलाई लिएर टिप्पणी गरेका छन् । उनले सम्बोधनको क्रममा अध्यक्ष ओलीले भ्रष्टाचारको पहाडबारे कुनै क्षमायाचना नगरेको पनि टिप्पणी गरेका छन् ।
“सबको औषधी दैवले रचिदियो बिर्सेछ कि मूर्खको”!
भर्खरै आफ्नै कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको याद आयो! पटकपटक संविधानको उल्लंघन,संसदको हत्या,अध्यादेशको राज,भ्रष्टाचारको पहाड बारे न कुनै क्षमायाचना!उल्टै जो चोर उसको ठुलो स्वर!— Baburam Bhattarai (@brb1954) August 10, 2021
डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्–‘“सबको औषधी दैवले रचिदियो बिर्सेछ कि मूर्खको”! भर्खरै आफ्नै कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको याद आयो! पटकपटक संविधानको उल्लंघन,संसदको हत्या,अध्यादेशको राज,भ्रष्टाचारको पहाड बारे न कुनै क्षमायाचना!उल्टै जो चोर उसको ठुलो स्वर!” File Photo/RN