बुटवल, २८ साउन । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमवीरेन्द्रप्रसाद कनौडियाति भएको छ । अबको ८ महिना माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री हुनेछन् । त्यसपछि काँग्रेस संसदीय दलका नेता मुख्यमन्त्री बन्ने सहमति भएको छ ।
कनौडियाका अनुसार आफूहरुबीच आलापालो सरकारको नेतृत्व गर्ने सहमति भएको खुलाए । उनले भने, ‘८ महिना माओवादीका तर्फबाट कुलप्रसाद केसीजीले मुख्यमन्त्री सम्हाल्नुहुनेछ, त्यसपछि काँग्रेसका तर्फबाट मैंले मुख्यमन्त्री सम्हाल्नेछु ।’
अबको १६ महिना मिलेर सरकार सञ्चालन गर्ने पनि बताए । उनले गठबन्धन सहमतिका आधारमा प्रभावकारी ढंगले चल्ने स्पष्ट पारे ।
यसैगरी मन्त्रिमण्डलमा कुन दलले कति मन्त्रालय पाउने पनि सहमति भइसकेको छ । संख्या पनि स्पष्ट पारिसकिएको बुझिएको छ । काँग्रेसले ४, माओवादीले ३ र जसपाले ३ मन्त्रालय सम्हाल्ने सहमति बनेको छ ।