काठमाडौं, २८ साउन । नेप्सेमा आज उच्च अंकको बृद्धि भएको छ । १६ अंकले शेयर बजार बढ्दा १७ अर्ब बढीको कारोबार भएको छ । नेप्सेको अनुसार आज अपर तामाकोशीको शेयर कारोबार उच्च भएको छ ।
कम्पनीको आज प्रतिकित्ता शेयरमुल्य ८ सय ७४ रुपैयाँ कायम भई ६२ करोड ७९ लाख बढीको कारोबार भएको छ । साताको कारोबारको अन्तिम दिन आज कामना सेवा विकास बैंकको ५९ करोड ७४ लाख, साइन रेसुङगा डेभलपमेन्ट बैंकको ४८ करोड ८३ लाख, हाइड्रोइलेक्टीसिटी एण्ड इन्भेष्टमेन्ट कम्पनीको ४४ करोड बढीको शेयर कारोबार भएको छ । यसैगरी, गरिमा विकास बैंकको ४१ करोड ५८ लाख बढीको कारोबार भएको छ ।