Logo

भारतीय स्वतन्त्रता दिवसमा प्रधानमन्त्री देउवाले दिए मोदीलाई बधाई



काठमाडौं, ३१ साउन । मित्रराष्ट्र भारतको ७५औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारत सरकार र भारतीय जनतालाई बधाई तथा शुभकामना दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री देउवाले शुभकामना दिएका हुन् । प्रधानमन्त्री देउवाले भारतको निरन्तर प्रगति र समृद्धिको पनि कामना गरेका छन् ।

भारतले आज स्वतन्त्रता दिवस मनाएको छ । मोदीले सामाजिक सञ्जालमार्फत दिएको शुभकामनामा ‘देशवासीमा नयाँ उर्जा र नवचेतना प्रवाह गर्ने’ बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्