बर्दिया,३१ साउन । जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका ६ बस्ने २८ वर्षीय शंकर सुनारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सुनारले ती महिलालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।