Logo

अग्रिम जमानतको लागि राज कुन्द्रा पुगे बम्बई उच्च अदालत



एजेन्सी, ३१ साउन । अश्लिल फिल्म बनाउने र बिक्रि गरेको अभियोगमा पक्राउ परेका राज कुन्द्रा हाल न्यायिक हिरासतमा छन् । यस मुद्दामा राज कुन्द्राको जमानतको मुद्दा खारेज भइसकेको छ । अब दोस्रो पटक राजले फेरी बम्बई उच्च अदालतमा अग्रिम जमानतको लागि निवेदन दिएका छन् । राज कुन्द्राको यो मुद्दा २०२० मा साइबर प्रहरीद्धारा दर्ता गरिएको एक विषयसँग जोडिएको छ ।

यस अघि मुम्बई अदालतले राजको जमानतका लागि दिएको निवेदन खारेज गरिसकेको छ । हाल उनले उच्च अदालतमा हिरासतबाट बाहिर निस्कन राहत मागिरहेका छन् ।

समाचार अनुसार आफ्नो निवेदनमा पछिल्लो वर्ष साइबर प्रहरीले दर्ता गरेको एक मुद्दामा आफ्नो नाम समावेश नभएको बताएका छन् । उनले प्रहरीलाई आफुले बयान समेत दिएको बताएका छन् । उनले सोधपुछको लागि आफु अनुसन्धान कार्यालयमा पटक–पटक गएको समेत उल्लेख गरेका छन् ।

राजले सबै दस्तावेज समेत उपलब्ध गराएका छन् । उनले साक्षीको समेत बयान पेश गर्दै २०२० मा उनले आम्र्स प्राइम्स मिडिया प्राइवेट लिमिटेडको नाममा एक भेन्चर निवेशसँग सम्र्पक गरेको स्पष्ट पारेका छन् ।

स्लीपिंग पार्टनरको तरिकाले कुरा गरेको भन्दै राजले कम्पनीबाट बनाइएको ह्वाटशाट्सको पोर्नसँग कुनै लेनादिना नभएको खण्डन गर्दै आफुलाई प्रहरीले गलत आरोप लगाएर फसाएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्