काबुल, साउन ३२। संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा तालिवान समूहलाई हराउन त्यहाँको सरकारी सेनालाई हतियार तथा अन्य बन्दोबस्तका सामान आपूर्ति गर्न अर्बौं खर्च ग¥यो । तर, अफगानी सुरक्षा बलको द्रुत पतनले विद्रोहीको हतियार संकलनमा सफलता मिलेपछि उनीहरूलाई थप आक्रामक बन्न सहयोग पुगेको छ ।
अमेरिकी सेनालाई हटाउने र स्थानीय सरकारलाई जिम्मेवारी छोड्ने आफ्नो निर्णयको रक्षा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले भने, ‘हामीले हाम्रा अफगान साझेदारलाई ‘सबै औजार’ प्रदान ग¥यौं । तर, अफगान सुरक्षा फौजले त्यस लडाइँका लागि खासै जोड देखाएका छैनन् र हजारौंको संख्यामा सक्रिय तालिबानले उनीहरूलाई प्रमुख सहरबाट तुरुन्तै उठाउन थालेका छन् ।’
तालिवान समूहले उनीहरूका सामाजिक सञ्जाल तालिबान लडाकुले हतियारको ठूलो पैमाना जफत गरेको भिडियोले भरिएका छन् । यो अधिकांश हतियार पश्चिमी शक्तिले प्रदान गरेको हो ।
उत्तरी सहर कुन्दुजमा आत्मसमर्पण गरिरहेका अफगान सिपाही रहेको एक दृश्यचित्रमा शक्तिशाली हतियारले भरिएको र विद्रोहीले हातमा बन्दुक समाएर उभिएको देखाइएको छ ।
पश्चिमी सहर फराहमा, लडाकुले चिलले सर्पलाई आक्रमण गर्दै गरेको तस्बिर रहेको गाडीमा गस्ती गरिरहेको पाइन्छ । यो अफगानिस्तानको गुप्तचर सेवाको आधिकारिक संकेत हो । यसले के बताउँछ भने विद्रोहीले सरकारी सुरक्षा बलसँगबाट सबै प्रकारका हतियार तथा बन्दोबस्तीका सामान कब्जा गरेका छन् ।
हतियार खोजी समूह, ‘कन्फ्लिक्ट आर्मामेन्ट रिसर्च’का जस्टिन फ्लिस्नरले एएफपीसँग भने, ‘अमेरिकी सेनाले ‘अत्याधुनिक’ उपकरण आफूसँगै लगे पनि तालिवानको आक्रमणले सो समूहलाई ‘बन्दोबस्तीका गाडी, बख्तरबन्द गाडी, मध्यम खालका हातहतियार र हल्का हतियारका साथसाथै गोलाबारुद’ दिएको छ ।
विशेषज्ञको भनाइअनुसार तालिवानका क्षेत्रीय सहयोगी समूहको अज्ञात समर्थनले तालिवानलाई ठूलो बल मिलेको छ । आजको राजधानी दैनिकमा खवर छ ।