Logo

एक्सेल डेभलपमेन्ट २४ लाख ३३ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने



काठमाडौं, ३२ साउन । एक्लेल डेभलपमेन्ट बैंक लिमिटेडले २४ लाख ३३ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट आज अनुमति पाएको छ ।

बोर्डले अनुमति दिएसँगै बैंकले १०ः३ को अनुपातमा १ सय रुपैयाँ अंकित दरका ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख बराबरको २४ लाख ३३ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।

हाल बैंकको चुक्तापुँजी ८१ करोड ११ लाख २१ हजार रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्कासन तथा बिक्रि प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस्