काठमाडौं, १ भदौ । नेकपा (एमाले) का नेता घनश्याम भुषाल अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न गएका छन् । ओली निवास बालकोटमा पुगेर भुषालले एकताको लागि भेटवार्ता गरेका हुन् ।
वरिष्ठ नेता माधव कुमार नेपालले आफूसँग सल्लाह गरेर नै ओलीलाई भेट्न भुषाल बालकोट गएको जानकारी दिएका छन् । तर, उनले एकताको लागि अहिलेसम्म आफुहरुले ढोका बन्द नगरेको जिकिर गरे । उनले एकताको लागि अध्यक्ष ओलीले अहिलेसम्म गरेका सबै निर्णय खारेज गर्नुपर्ने शर्त राखेको पनि सुनाए ।
सरकारले आज दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि नेकपा (एमाले) मा तरंग पैदा भएको छ । आजै एमालेको संसदीय दलको बैठक बसेर माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ । उक्त निर्णयसँगै कारबाहीको पत्राचार संसद् सचिवालय र निर्वाचन आयोगमा पठाईएको छ । file photo