Logo

महन्थ ठाकुर पक्षले आजै ‘जसपा नेपाल, लोकतान्त्रिक’ पार्टी दर्ता



काठमाडौं, २ भदौ । जनता समाजवादी पार्टी, नेपालका महन्थ ठाकुर पक्षले नयाँ पार्टी गठन गरेका छन् । ठाकुर समूहले नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल ‘लोकतान्त्रिक’ राख्ने निर्णय गरेको छ ।

नेता लक्ष्मणलाल कर्णले आजै दल दर्ता गर्ने कोशिस भैरहेको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उनले अहिले २२/२३ जनाको कार्यकारिणी समिति बनाईने पनि बताए । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै ठाकुर समूह नयाँ दल दर्ताको लागि अघि बढेको हो ।



प्रतिक्रिया दिनुहोस्