काठमाडौं, ४ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडको शेयरमुल्य समायोजन गरेको छ । कम्पनीको प्रस्तावित १० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मुल्य समायोजन गरेको नेप्सेले जनाएको छ ।
नेप्सेको अनुसार कम्पनीको बिहीवार कायम अन्तिम मुल्य ६ सय ९७ को आधारमा नेप्सेले १० प्रतिशत बोनस शेयरपछिको मुल्य ६ सय ३४ तोकेको हो ।
कम्पनीले भदौ १८ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले भदौ ४ गतेदेखि भदौ १८ गतेसम्म बुक क्लोज गर्ने भएकाले भदौ ३ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न सक्ने भएका छन् ।