Logo

माधव नेपालले पार्टी फुटाउँदा आएका सांसदलाई आलोपालो मन्त्री बनाउने



काठमाडौं, ८ भदौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले फुटाउँदा आफ्नो पक्षमा आएका सांसदहरु सबैलाई मन्त्री बनाउने भएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा ६ मन्त्रालय मात्र पाउने सहमति भएपनि माधव नेपालले कुशल व्यवस्थापनबाट सबैलाई मन्त्री बनाउने भएका छन् ।

नेपाल निकट स्रोतका अनुसार यसै हप्ता ६ जना मन्त्री बन्नेछन् । उपसभामुख पनि नेपाल पक्षबाट एकजना महिला प्रतिनिधि सभाकी सांसद नै बन्नेछिन् । संसदीय समितिहरुमा ६ जनाको व्यवस्थापन हुनेछ । १३ जना अहिले नै सरकार, संसदीय समिति र उपभासभामुखका रुपमा हुनेछन् । बाँकी सांसदहरुलाई पछि अवसर दिने गरी माधव नेपालले व्यवस्थापन गरेको बुझिएको छ ।

तर, ३१ सांसद माधव नेपालको पक्षमा भएकाले आलोपालो मन्त्री बनाएर सबैको पालो पुर्याउने बामदेव गौतम उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्री बन्ने चर्चा छ । तर, उनी आफूनिकटस्थहरुलाई बढीभन्दा बढी शक्तिशाली मन्त्रालयमा लगेर पछि हट्ने रणनीतिमा छन् ।

मन्त्री बन्ने सूचीमा मुकुन्द न्यौपाने, वेदुराम भुषाल, प्रेम आले, जीवनराम श्रेष्ठ, किसान श्रेष्ठ, कृष्णलाल श्रेष्ठ पनि छन् । रामकुमारी झाँक्री पनि मन्त्रीको सम्भावित हुन् । न्यौपाने र भुसालमध्ये एकलाई माधव नेपालले मन्त्री बनाउने भएका छन् । जीवनराम र कृष्णलाल मध्ये एक बन्नेछन् । एकजना महिलालाई उपसभामुख पक्का गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्