काठमाडौं, ८ भदौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले १ लाख ६२ हजार ७८९ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । संस्थाले उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले यो सुचना प्रकाशित गरेकोे ३५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रिय कार्यालय बनेपा ८ काभ्रेपलाञ्चोकमा पठाउन आग्रह गरेको छ ।
कम्पनीले तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार प्रचलित कानुन बमोजिम शेयर विक्री प्रक्रिया अगाडि बढाउने जनाएको छ ।