Logo

टेलिकम कर्मचारीको आन्दोलन स्थगित



काठमाडौं, १४ भदौ । नेपाल टेलिकमको २१ दिन लामो कर्मचारी आन्दोलन विनियमावली संशोधन सहितको २१ बुँदे सम्झौतापछि स्थगित भएको छ । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्त भएको व्यक्तिलाई स्वतः अवकाश हुने व्यवस्थाको विनियमावली संशोधन सहितको २१ बुँदे सम्झौतापछि आन्दोलन स्थगित भएको हो ।

कर्मचारीले टेलिकम व्यवस्थापनविरुद्ध साउन ५ गतेदेखि आन्दोलन सुरु गरेका थिए । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्यालको पहलमा २१ बुँदे सहमति पछि आन्दोलन स्थगन भएको जनाइएको छ ।

यसबााहेक चालु आवमा फोरजी एलटीई आयोजनाको बाह्य तेस्रो पक्षीय तथा आन्तरिक स्रोतबाट प्राविधिक तथा कार्यसम्पादन परिक्षण गर्न सहमति भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्