काठमाडौँ, १४ भदौ: राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ प्रगतिवादी समालोचक आनन्ददेव भट्टको निधनमा दुःख व्यक्त गरेकी छिन् ।
उनले आज अपराह्न ट्वीट गर्दै नेपाली वाङ्मयको श्रीवृद्धि एवं लोकतान्त्रिक आन्दोलनमा प्रगतिवादी लेखक भट्टको योगदान सदा स्मरणीय रहने जनाएकी छिन् । प्रगतिवादी चिन्तक भट्टप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रपतिले शोकाकूल परिवारमा पनि समवेदना प्रकट गरेकी छिन् ।-रासस
वरिष्ट प्रगतिवादी समालोचक‚ लेखक तथा चिन्तक आनन्ददेव भट्टको निधनको खबरले दु:खी भएको छु । नेपाली वाङ्मयको श्रीवृद्धि एवं लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदान सदा स्मरणीय रहनेछ । स्वर्गीय भट्टप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।
— Bidya Devi Bhandari (@PresidentofNP) August 30, 2021