काठमाडौं, २१ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले पर्सी (बुधबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सरकार गठन भएको दुई महिना पुग्न लाग्दासमेत पूण्र्ता दिन नसकेको भनेर आलोचना भैरहेको थियो ।
तर, गठबन्धनमा आवद्ध दलका नेताहरुसँग सहमतिमा प्रधानमन्त्री देउवाले यही बुधबार सरकारलाई पूणर्ता दिने भएका हुन् । मन्त्रालयको भागबण्डासमेत भैसकेको छ । कांग्रेसले ८ मन्त्रालय पाउने भएको छ भने नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले ६÷६ वटा मन्त्रालय पाउने भएका छन् ।
नेकपा (एकीकृत समाजवादी) का सचिवालय सदस्य डा. विजय पौडेलले मन्त्रिपरिषद् विस्तार अब ढिलो नहुने बताए । उनले भने,‘भोलि सबै कुरा टुँगो लगाउने कार्यक्रम छ । यसबारेमा हामी भोलि फेरि बस्छौं । मलाई लाग्छ, पर्सी मन्त्रिपरिषद् विस्तार हुन्छ ।’ पछिल्लो समय गठबन्धनमा आवद्ध दलहरुबीच खटपट सुरु भएको भन्ने चर्चा थियो । file photo