Logo

नेपाली काँग्रेसको पदाधिकारीको वैधता मध्यरातिबाट सकिदै



काठमाडौं, २३ भदौ । नेपाली काँग्रेसको १३औं महाधिवेशनबाट निर्वाचित प्रत्येक तहका पदाधिकारीको वैधानिकता आजबाट सकिने भएको छ । मध्यरातिबाट काँग्रेसको अघिल्लो महाधिवेशन भएको साँढे ५ वर्ष पूरा भएसँगै वैधानिकता सकिने भएको हो ।

संविधानमा राजनीतिक दल सम्बन्धी व्यवस्था अन्र्तगत धारा २६९ मा साँढे पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन गरेको हुनुपर्ने उल्लेख छ । पाँच वर्षभित्र पदाधिकारीको निर्वाचन हुनुपर्ने र विशेष परिस्थितिमा हुन नसकेमा ६ महिना सम्म सार्न सकिने व्यवस्था छ ।

संविधान अनुसार पनि काँग्रेसले विशेष परिस्थिति समेत जोड्दा महाधिवेशन नगरेको साँढे पाँच वर्ष पूरा हुँदैछ । योसँगै काँग्रेस पदाधिकारीको वैधानिकता सकिदैछ ।

पदाधिकारीको वैधानिकता सकिएपछि राजनीतिक दलसम्बन्धी व्यवस्था अनुसार जरिवाना तिरेर जान सकिने भन्दै केही समय पदाधिकारीको पदावधि लम्ब्याउने तयारी पनि भएको छ । काँग्रेस नेतृत्वले महाधिवेशनको प्रक्रिया सुरु गरेको तर्कका आधारमा पनि वैधानिकताको जिकिर गर्ने तयारी गरेको छ ।

यसैगरी, संविधानमा राजनीतिक दलसम्बन्धी व्यवस्थालाई लिएर सर्वोच्च अदालतमा रिट निवेदनहरु दर्ता गर्ने अग्रिम तयारी समेत भएको छ । साँढे पाँच वर्षभित्र महाविधेशन नगरेका दलहरु खारेज वा वैधानिकतामाथि प्रश्न गर्दै रिट निवेदन दर्ताको तयारी भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्