Logo

आज यी कम्पनीको कारोबार सर्वाधिक



काठमाडौं, २३ भदौ । आज २५ कम्पनीको ७४ हजार ८ सय ९० पटक कारोबार भएर ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४ सय २७ रुपैयाँ बराबरको १ करोड ६१ लाख ४८ हजार ६ सय ५२ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

नेप्सेको अनुसार आज यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको शेयर करोबार सर्वाधिक भएको हो । कम्पनीको ४० करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसैगरी, आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको २४ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, स्वरोजगार लघुवित्तको २४ करोड २१ लाख, रिडी हाइड्रोपावर कम्पनीको २३ करोड ६३ लाख र । रैराङ हाइड्रोपावर कम्पनीको २३ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्