Logo

एमसीसीकी उपाध्यक्ष फतिमाको प्रतिक्रिया : ‘फेरि नेपाल आउन पाउँदा म निकै खुशी छु’ (भिडिओसहित)



काठमाडौं, २४ भदौ । नेपालको चार दिने भ्रमणमा रहेकी एमसीसीकी उपाध्यक्ष फतिमा सुमारले आफू फेरि नेपाल आउन पाउँदा खुशी भएको बताएकी छिन् । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तापछि मिडियाकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्,‘म फेरि नेपाल आउन पाउँदा निकै खुशी छु ।’ उक्त भेटवार्तामा अध्यक्ष ओलीले भने एमसीसीबारे सत्तापक्षको धारणा आएपछि आफूहरुले धारणा बनाउने बताएका थिए ।

उक्त भेटवार्तामा सहभागी एमाले विदेश विभागका प्रमुख डा. राजन भट्टराईले भेटमा अध्यक्ष ओलीले सत्तारुढ दलहरुले एमसीसीबारे स्पष्ट धारणा बनाएपछि मात्र आफूहरुले पोजिसन क्लियर गर्ने बताएका थिए । पत्रकारहरुसँग भेटवार्ताबारे कुराकानी गर्दै डा. भट्टराईले भने,‘‘हामीले हतारिएर पोजिसन बनाउँदैनौं । पहिले सरकारमा रहेकाहरुले पोजिसन क्लियर गर्नुपर्छ, अध्यक्षज्यूले रुलिङ पार्टीको पोजिसन क्लियर हुनुपर्ने धारणा राख्नुभयो ।’

https://www.facebook.com/RishiDhamalaOfficial/videos/624657851853632

तस्विर तथा भिडिओ : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

https://www.facebook.com/RishiDhamalaOfficial/videos/1058837054892562/



प्रतिक्रिया दिनुहोस्