Logo

प्रतिस्थापन बजेट पेश गरेर संसद बैठक स्थगित



काठमाडौं, २५ भाद्र । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक भाद्र २७ गतेसम्मका लागि स्थगित गरेका छन् । उनले अर्थमन्त्री जर्नादन शर्मालाई प्रतिस्थापन बजेट प्रस्तुत गर्न दिएपछि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

नेकपा एमालेका सांसदहरुको नारावाजीका बीच सभामुख सापकोटाले संसद बैठक अगाडि बढाए । बैठकमा अर्थमन्त्री जर्नादन शर्माले प्रतिस्थान विधेयकमार्फत् बजेट प्रस्तुत गरे । उनले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ को प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन् ।-Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्