काठमाडौं, २६ भदौ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य योगेश कुमार भट्टराईले पार्टीको प्रवक्ता प्रदीप कुमार ज्ञवाली नै रहेको बताएका छन् । एमालेमा को प्रवक्ता भन्नेबारे मिडियामा विभिन्न टिकाटिप्पणी आईरहेको बेलामा उनले यस्तो धारणा राखेका हुन् ।
आज (शनिबार) बसेको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले अहिले आफू प्रचार विभाग प्रमुख र प्रदीप ज्ञवाली प्रवक्ता रहेको बताएका हुन् । उनकाअनुसार अब बस्ने बैठकले प्रवक्ता ज्ञवाली नै रहने वा आफू हुने भन्नेबारे निर्णय गर्नेछ । file photo/ReportersNepal