नेपालगञ्ज, २६ भाद्र । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले (एमसीसी) उपाध्यक्ष फतिमा सुमारसँगको भेटमा उक्त परियोजना सुरक्षासँग जोडिएको छ कि छैन भनी आफूले प्रश्न गरेको खुलासा गरेका छन् । शनिबार नेपालगञ्जमा युवा संघ नेपाल लुम्बिनी प्रदेशद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो खुलासा गरेका हुन् ।
नेता नेपालले भने, ‘नेपाल स्वतन्त्र राज्य भएकाले सुरक्षासँग परियोजना जोडिएको छ कि छैन भनी एमसीसीका प्रतिनिधिहरुसँग प्रश्न गरेँ ।’ उनले एमसीसी मुलुकको हितमा रहेको सुनिश्चितता भएमात्रै अगाडि बढाइने बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एसका अध्यक्ष नेपाललाई २४ भाद्रमा एमसीसीकी उपाध्यक्ष सुनामसहितको टोलीले भेटेका थिए । नेपाल एमसीसी संशोधनसहित अगाडि बढाउनुपर्ने पक्षमा छन् ।-File Photo