Logo

ओलीले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै



काठमाडौं, असोज ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्वमा दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइका लागि पेसी तोकिएको छ ।

अध्यक्ष ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । सर्वोच्च अदालतको पेसी सूचीमा उक्त रिट निवेदन न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुनेगरी तोकिएको छ ।

एमाले अध्यक्ष ओलीले पार्टीले कारवाही गरिएका १४ सांसदको हस्ताक्षर सनाखत गराएर नयाँ दल गठन गरिएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए । दल दर्ताका लागि सभामुख अग्नि सापकोटाले समेत भूमिका निर्वाह गरेको रिटमा जिकिर गरिएको छ ।

आफूले कारवाहि गरेका ति साँसदलाई पदबाट निश्कासन नगरेको र निर्वाचन आयोगले पनि अलग पार्टीको मान्यता दिएको भन्दै एमाले अहिले सभामुखविरुद्ध सदनमा आन्दोलित छ ।



प्रतिक्रिया दिनुहोस्