काठमाडौं, ७ असोज । आज ८७ हजार ८ सय १० पटक शेयर कारोबार भएर ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँ बराबरको १ करोड ५७ लाख १४ हजार २ सय ६६ कित्ता शेयर किनबेच भएको हो ।
आज सबैभन्दा धेरै सानिमाको शेयर कारोबार भएको छ । कम्पनीको आज ३४ करोड १५ लाख बढीको कारोबार भएको हो । त्यस्तै, नेपाल बैंक लिमिटेडको आज २७ करोड १० लाख बढीको कारोबार भएको छ । माछापुच्छ«े बैंक लिमिटेडको आज २३ करोड ८६ लाख बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।