Logo

राजकुमार लेखीले त्यागे लोसपा, एमालेमा प्रवेश गर्ने



काठमाडौँ, १४ असोज। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजकुमार लेखीले पार्टी परित्याग गरेका छन् । आदिवासी जनजाति महासंघका पूर्वअध्यक्षसमेत रहेका नेता लेखीले लोसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्यबाट राजीनामा दिएका हुन्। उनले आफ्नो राजीनामा पत्र अध्यक्ष महन्थ ठाकुरलाई बुझाइसकेका छन् ।

उनले राजीनामा पत्रमा लेखेका छन्, ‘म यस पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य रहिरहेकोमा अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा यस पार्टीको सबै पदबाट राजीनामा गर्दछु।’उनी नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्