Logo

आज सेयर बजारमा हरियाली, ४१.८४ अंकले बढ्यो नेप्से



काठमाडौं, १९ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार दोहोरो अंकको बृद्धि भएको छ । लगातार घटिरहेको नेप्से आज ४१.८४ अंकले बढेर २ हजार ६ सय १२.६४ विन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार आज सात कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । उच्च बृद्धि हुने कम्पनीहरुमा समता घरेलु लघुवित्त वित्तिय संस्था, मल्टिपर्पोज फाइनान्स कम्पनी, हिमालयन पावर पार्टनर, मैलुङ खोला जलविद्युत कम्पनी, सिभिल लघुवित्त वित्तिय संस्था, छ्याङदी हाइड्रोपावर कम्पनी र जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था रहेका छन् ।

नेप्सेका अनुसार आज एनआइसी एसिया लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । साथै, आज सबैभन्दा धेरै कारोबार शिखर इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज १३ करोड भन्दा बढीको कारोबार भएको छ ।आज नेप्से बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । आज २ अर्ब ९९ करोड ६८ लाख बराबरको कारोबार भएको छ । सोमबार ३ अर्ब ६२ करोड ७७ लाख बराबरको कारोबार भएको थियो । चाँडबाड नजिकिएसँगै पछिल्लो समय दिनप्रतिदिन कारोबार रकममा गिरावट आइरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्